सुदूरपश्चिममै पहिलो पटक निजि क्षेत्रबाट नवजिवन अस्पतालमा डायलासिस सेवा सुरु
2022/08/02, 6:33
 
ss

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक धनगढीमा निजि क्षेत्रबाट डायलासिस सेवा सुरु भएको छ । मंगलबार धनगढीस्थित नवजीवन हस्पिटलमा सुदूरपश्चिम इन्टरनेशनल डायलासिस सेवाको उद्घाटन गरिएको हो ।

 स्वस्थ मिर्गौला, स्वस्थ जीवन नारा सहित झण्डै ७ करोड लगानीमा सुदूरपश्चिमका मिर्गौला बिरामीको सहजताका लागि धनगढीमा डायलासिस सेवा सञ्चालन ल्याएको नवजीवन हस्पिटलका सिईओ चक्र कठायतले जानकारी दिए ।

डायलासिस सेवामा पहिलो चरणमा ६ वटा बेड संचालनमा ल्याएको छ ।  महिनामा १२० जना देखि १५० जना बिरामीलाई डायलाइसिस सेवा दिईनेछ । काठमाडौमा दिइने डायलाइसिस सेवा धनगढीमै दिईने डा.अर्चन कुमार राणाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका मिर्गौलाका बिरामीले डायलाइसिस सेवाका लागि सेती प्रादेशिक अस्पतालमा लामो समयसम्म बिरामीले कुर्नु पर्ने बाध्यता थियो भने काठमाडौ जानू पर्ने बाध्यता रहेको छ । मिर्गौलाका समस्या भएका बिरामीले समयमै डायलाइसिस गर्न नपाउँदा उपचारबाट बञ्चित हुनुका साथै मृत्यु समेत हुने गरेको छ।

पहिलो पटक सुदूरपश्चिममै निजि क्षेत्रको डायलाइसिस धनगढीमा सेवा सुरु भएपछि यहाँका मिर्गौलाका बिरामी लाभान्वित हुने बिश्वास गरेको छ ।