
स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई डिस्चार्ज गरिएको छ ।
बुधबार स्वास्थ्यमा समस्या देखिएको भन्दै एक्कासी अस्पताल भर्ना भएका थिए तर बिहीबार बिहान भने अस्पतालबाट उनी डिस्चार्ज भएका छन् ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठकाअनुसार मुख्यमन्त्री भट्टलाई ज्वरो बाहेक अन्य समस्या देखिएको छैन । धेरैले उनलाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिरहेका बेला सूचना अधिकारी श्रेष्ठले भने संक्रमण नदेखिएको जानकारी दिए ।
मुख्यमन्त्री भट्टलाई चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/24, 10:35
2022/02/22, 4:28
2023/03/15, 2:30
2020/11/20, 9:27