सुदुरपश्चिमका ९ जिल्लामा २२४ मेगावाटका बिद्युत आयोजना निर्माण हुँदै
2022/08/13, 5:39
 
ss

सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा पहिचान भएका २२४ मेगावाटका बिद्युत आयोजना निर्माण हुने भएका छन् । सो मेगावाटका बिद्युत आयोजनाले उत्पादन अनुमति लिई निर्माणको कार्यलाइ अघि बढाएका छन् । दार्चुला, बैतडी, बझाङ, बाजुरा, ढडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली जिल्लामा पहिचान भएका २२४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको कार्यलाइ अघि बढाएका छन् ।

२५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्मका १६३ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट क्षमतासम्मका ४७ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १४ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पहिचान भएका करिब १२०० मेगावाटका जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । सरकारी तथा निजी क्षेत्रले अध्ययन पूरा गरेका यी आयोजनाले निर्माण अनुमति लिई आयोजना अघि बढाएका हुन्।

विद्युत विकास विभागका अनुसार ३१ वटा जिल्लामा पहिचान भएका ११९४ मेगावाटका आयोजना निर्माणका विभिन्न चरणमा छन् । लुम्बिनी प्रदेशका ६४ मेगावाट, कर्णाली प्रदेशका ९०६ मेगावाट र सुदुरपश्चिम प्रदेशका २२४ मेगावाटका आयोजनाले अनुमति लिई आयोजना निर्माण गरिरहेका छन्। यस्तै, लुम्बिनी प्रदेशको अर्घाखाँची, बाँके, बर्दिया, दाङ, गुल्मी, कपिलवस्तु, परासी, पाल्पा, प्युठान, रोल्पा, रुकुम, रुपन्देही जिल्लामा पहिचान भएका ६४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माण अघि बढाएका हुन्।

५ मेगावाट क्षमतादेखि २५ मेगावाटसम्मका १९ मेगावाटका आयोजना र ५ भन्दा कम क्षमताका ४५ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।यस्तै, कर्णाली प्रदेशको पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, सुर्खेत, दैलेख र जाजरकोटमा अध्ययन पूरा भएको ९०६ मेगावाटका आयोजनाले उत्पादन अनुमति पाएका छन्। १०० मेगावाट क्षमतादेखि ५०० मेगावाटसम्मका ८६० मेगावाटका आयोजना, ५ मेगावाट क्षमतादेखि २५ मेगावाटसम्मका २८ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १८ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको चरणमा छन्।