बैंक खातामै घुस ट्रान्सफर गराउने मोहन्यालका अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा
2022/08/14, 1:55

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढाक्षेत्री विरुद्ध सेवाग्राहीसँग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्री विरुद्ध ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको हो । आयोगले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा २०७९ साउन १ गते नियन्त्रण लिएको थियो ।

आयोगका अनुसार, बुढाक्षेत्रीले सामानको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएका थिए । त्यस अतिरिक्त आयोगले ३० हजार रुपैयाँ अभियुक्तको साथबाट बरामद गरेको थियो ।
आयोगले बैंक ट्रान्सफर र बरामद रकमलाई बिगो कायम गर्दै जरिवाना र कैद सजाय हुन मागदाबी सहित अभियोगपत्र दायर गरेको हो । अदालतबाट घुस लिएको ठहरिएमा अभियुुक्तले राज्यबाट पेन्सन सुविधा पाउने छैनन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/08/25, 8:27
2022/06/18, 11:39
2023/01/01, 1:10