दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते
2022/08/17, 5:15
 
dd

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। 

जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो। जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी जितेन्द्रकुमार पालले जानकारी दिए ।

 जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।