
बाजुरामा युवतीले घाँस काट्न गएका बेला बलात्कार गरेको भन्दै झुटो आरोप लगाएको पाइएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ की एक ३० वर्षीय महिलाले आफूमाथि बलात्कार भएको आरोप लगाएर उजुरी दिएकी थिइन्।

उनले सोही ठाउँका ४२ वर्षीय कर रावलविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिएकी थिइन्। त्यसपछि रावल पक्राउ समेत परेका थिए। तर, युवतीले लगाएको आरोप झुटो रहेको खुलेको बाजुरा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार युवतीका आफन्तले उनको मानसिक स्वास्थ्य सहि नभएको र झुटो आरोप लगाउदै हिँड्ने गरेको भन्दै युवतीलाई घर लगेका छन्। आफन्तले युवतीको स्वास्थ्यबारे बताएपछि उनले लगाएको आरोप झुटो भएको थाहा भएको हो। त्यसपछि अहिले प्रहरीले पक्राउ गरेका कर रावललाई छाडिएको जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 5:38
2023/12/18, 12:45
2020/07/12, 8:59
2020/11/26, 12:03
2021/06/30, 9:31