सुदूरपश्चिम कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको आइपिओमा आवेदन खुला
सर्वसाधारणका लागि १ लाख २३ हजार ४ सय कित्ता
2022/08/24, 9:58
 
सुदूरपश्चिम कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको आइपिओमा आवेदन खुला

धनगढी – सुदूरपश्चिम कार्यक्षेत्र रहेको खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ ८ गतेबाट आइपिओ बिक्री खुला गरेको छ । संस्थाले १०० अङ्कित दरका कुल १ लाख ३२ हजार कित्ता आइपिओ बिक्री गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्छन् । 

यो आइपिओको निष्कासन बन्द छिटोमा भदौ १२ गते बैङ्किङ समयपछि हुनेछ । यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । 

खप्तड लघुवित्तको आइपिओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।