
धनगढी- धनगढीबाट दिपायलतर्फ गइरहेको जीप डडेल्धुरामा दुर्घटनामा परेको छ । केआईसिंह राजमार्ग अन्तरगत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ को गजरौलामा सुपप्र ००१ च ३३६८ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी मनोहर भट्टले दुर्घटनामा परेर चालक कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐरसहितका चार जना घाइते भएको जानकारी दिए । घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरुलाई डडेल्धुरा अस्पताल पुगाइएको भट्टले बताए ।
घाइते हुनेहरुमा दिपायल बस्ने अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली रहेका छन् । उनीहरु मध्ये नेपालीको अवस्था गम्भीर छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2023/01/27, 12:40
2024/12/18, 12:00
2021/04/17, 9:35