
सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन भएका पाँच हजार बढिको कोरोना परीक्षण बाँकी रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीवारसम्म नमूना संकलन भएका पाँच हजार ५६ जनाको रिर्पोट आउन बाँकी रहेको हो ।

उनीहरुमा धेरैजसो क्वारेन्टिनमा बसिरहेका व्यक्ति रहेका छन् भने संक्रमितको सम्पर्कमा आएकाहरुको रिर्पोट पनि आउन बाँकी रहेको हो । स्वास्थ्य निर्देशनालयले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएका दुई हजार एक सय ५७ र धनगढी प्रयोगशालामा पठाइएका दुई हजार ८ सय ९९ जनाको परीक्षण बाँकी रहेको जनाएको छ ।
सुदूरपश्चिममा १५ हजार तीन सय १९ जनाको पीसीआर विधीबाट कोरोना परीक्षणमा भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 3:55
2021/02/19, 4:07
2021/09/20, 12:40
2022/10/13, 5:42
2024/03/16, 4:22