
धनगढीध- नगढीको एलएन चोक नजिकै रहेको सुनचाँदी पसलमा चोरी भएको छ । एलएन चोकमा रहेको राज श्री सुनचाँदी गहना पसलमा गएराति चोरी भएको हो ।

सटरको ताला तोडेर पसलभित्र प्रवेश गरेको चोरले सुनचाँदीका गरगहना चोरी गरेर लगेको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेजमा राति २ बजेर ५९ मिनेटमा सटरको ताला फुटाएर चोरीमा संलग्न व्यक्ति पसल भित्र प्रवेश गरेको देखिन्छ ।
अहिले प्रहरीले उक्त सीसीटीभी फुटेज विश्लेषण गरिरहेको छ । पसलबाट करीब सवा एक लाख बराबरको गरगहना चोरी भएको पाइएको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55