
धनगढी- कैलालीमा जीपले ठक्कर दिदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । सोमबार बिहान गोदावरी धाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिदा गोनपा–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका पहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रबिन्द्र पाण्डेले जीपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
जीप सहित चालक बाजुराको बडीमालिका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश बडुवाललाई नियन्त्रणमा लिइएको उनले बताए । मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 6:27
2024/12/03, 1:26
2020/06/24, 1:55