सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय नाघ्यो
2020/06/26, 2:54
 
korona

सुदुरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा थप ३८ जनामा कोरोना पुष्टि भएको हो । ७ महिला र २८ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । हालसम्म सुदुरपश्चिममा एक हजार ७ सय २ जना कोरोना संक्रमित पुगेका छन् । 

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका ३५ जना मध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन्। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै डोटीमा दुई सय ३४, डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५५, बैतडीमा एक सय ६५, अछामका एक सय २५, बाजुराका एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।