कैलालीबाट बर्दिया पुगेकी बालिकामा कोरोना भएपछि सम्पर्कमा आएकाहरुका खोजी सुरु
2020/05/12, 3:13
 
masgau

कैलालीबाट बर्दिया पुगेकी ११ बर्षीय बालिकामा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरुको खोजी सुरु भएको छ । बर्दियाकी कोरोना संक्रमित ११ बर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन बसेर फर्किएको थाहा भएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु भएको हो ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बालिकाको सम्पर्कमा आएकाहरुको खोजी भईरहेको बताए । बालिकाको सम्पर्कमा आएका भजनीका पाँच जनामा ¥यापिड टेस्ट गरिएको छ ।

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले मजगाउँमा बालिकाको सम्पर्कमा आएकाहरुको खोजी भईरहको जानकारी दिईन् । चैत ५ गते कैलाली आएकी उनी बैशाख १६ गते हजुरआमासंगै बर्दिया पुग्दा राजापुर नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । उनमा सोमवार कोरोना पुष्टि भएकोमा उनकी हजुर आमाको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । बर्दियामा उनीसँग सम्पर्कमा आएकाको खोजी भइरहेको छ ।