कञ्चनपुरको शुक्लाफाँटामा दुई हप्तापछि विद्युत सुचारु 
2022/09/30, 5:19
 
ss

धनगढी- कञ्चनपुरको शुक्लाफाँटानगरपालिका- ८ मणिका धाममा अवरुद्ध भएको दुई हप्तापछि विद्युत सेवा सुचारु भएको छ।

गत भदौ ३१ गतेको अविरल वर्षापछि धारापानी नदीमा आएको बाढीले ट्रान्सफरमरसहित विजुलीका पोल बगाएको थियो।

सोही कारण अवरुद्ध भएको विद्युत सेवा बिहीबारबाट सुचारु भएको हो। नेपाल विद्युत प्राधिकरणको कार्यालय महेन्द्रनगरको सहयोग र वडा कार्यालयको सहकार्यमा विद्युत सेवा सुचारु गरिएको बताइएको छ।