
धनगढी- बिहीबार बिहानदेखि परेको अविरल वर्षाले धनगढीको पार्कमोड डुबानमा परेको छ । निरन्तरको वर्षापछि पार्कमोडमा पानी जमेको हो ।

उचित ढल निकासको व्यवस्थापन नहुँदा यहाँ बर्षेनि डुबानमा पर्दै आइरहेको छ । केही समय अघि धनगढी उपमहानगरपालिकाले नाला सफा गरे पनि फेरि पार्कमोड डुबानमा परेको हो ।अहिले सो ठाउँमा धनगढीको नगर सफाई प्रहरीले नाला सफाई गरिरहेको छ ।

हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले सुदूरपश्चिम सहित बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09