दार्चुलाको छाङ्गरु र तिंकरमा हिमपात, जनजीवन प्रभावित
2022/10/08, 11:53
 
ss

दार्चुला-  तीन दिनदेखि लगातार परिरहेको वर्षापछि दार्चुलाको व्याँस गाउँपालिका–१ को छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ । शुक्रबार बिहानबाटै हिमपात सुरु भएको हो । चीनको सीमा नजिकै रहेको तिंकर गाउँ र भारतीय अतिक्रमणमा रहेको कालापानी नजिकैको गाउँ छाङ्गरुमा हिमपात  भएको हो ।

लगातार वर्षा हुँदा हिमपात भएको छ । हिउँ पर्ने क्रम जारी रहेको छ । हिउँ पर्न थालेका कारण चिसो अत्यधिक बढेको छ । यो वर्ष पहिलो पटक गाउँमा हिउँ परेको हो । हिउँ परेपछि चौरी, झुपु, घोडा लगाएतका गाईवस्तु चरिचरनमा समस्या भएको छ । चिसो बढेका कारण स्थानीय आगो तापेर दिन बिताउन बाध्य छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं प्रहरी प्रवक्ता राजेश शाहीले उच्च भू९भागमा वर्षाका कारण हिमपात सुरु भएको  यस्तै निरन्तरको वर्षाका कारण दार्चुलाका सबै भू९भागमा चिसो बढेको छ उनले जानकारी दिएका छन् ।