
नेकपा एमालेका नेता डा.भीम रावलले आफूलाई टिकट नदिने एमाले अध्यक्ष केपी ओलीले गरेको निर्णय गलत, स्वेच्छाचारी र अन्यायपूर्ण रहेको बताएका छन्।

आज पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई टिकट नदिने एमाले अध्यक्ष ओलीको निर्णय गलत, स्वेच्छाचारी र अन्यायपूर्ण रहेको बताएका हुन्।उनले आफ्नो नाम उम्मेदवारका लागि एकल सिफारिस भए पनि टिकट नदिँदा आफूलाई नसोधिएको, एमालेमा योगदान नरहेका र सिफारिस नै नभएकालाई टिकट दिइनु षड्यन्त्रपूर्ण स्वेच्छाचारी निर्णय भएको उनले आरोप लगाए।
यस निर्णयले कार्यकर्ताको घोर अपमान गरेको रावलले बताए।उनले ओलीनिकटका व्यक्तिले आफ्नो हार्नेरजित्ने अवस्थाबारे बुझेको तर हराउन नसकिने निष्कर्षमा पुगेपछि टिकट खोसिएको आरोप लगाए।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/05, 8:01
2020/11/16, 8:41
2022/02/11, 11:56
2023/02/25, 11:10