
निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध लगाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने बताएको हो।
त्यस्तै आयोगले निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नमा समेत प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धको अवज्ञा गरी कसैले यस्तो कार्य गरे कानुन बमोजिम कारबाही गरिने आयोगको विज्ञप्तिमा उल्लेख छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/29, 5:44
2022/06/24, 6:04
2023/03/27, 12:05
2020/06/06, 8:55
2020/10/08, 1:24