
डडेल्धुरा - कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले डडेलधुरामै तिहार मनाएका छन् । उनले गुल्मीको ढकाल परिवारसँग धामी परिवारको बिहीबारदेखि नाता जोडिएको उल्लेख गरेका छन् ।

‘गुल्मीको ढकाल र डडेल्धुराको धामी परिवारको सम्बन्ध आजबाट जोडिएको छ’, ट्वीटरमा भाइटीकाको तस्बिरसहित उनले लेखेका छन्, ‘हाम्रो संस्कृति धेरै नै धनी छ। डडेल्धुरामा दिदी–बहिनीहरु, दाजु–भाइहरु बनाउन पाउँदा निकै नै हर्षित छु।’
विगत करिब ४ महिनादेखि चुनावी अभियानका क्रममा डडेलधुरामै रहेका सागरले आफ्नो दशैँ, तिहार, गौरा, तीज सबै डडेलधुरामै भएको उल्लेख गरेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08