
घाइतेको उपचारका लागि सेनाको हेलिकोप्टर पुगेको छ ।

बाजुराको त्रिवेणी नगरपालिका–७ मा सुरक्षाकर्मीले हानेको गोली लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय संजिव अयडी रहेका छन्।
उक्त घटनामा दर्जनौँ स्थानीय घाइते भएका छन् । घाइतेको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यहाँ पुगेको छ । घाइतेको पहिचान भने हुन सकेको छैन ।

नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02