बाजुराको बूढीनन्दा ५ मा मतदान सम्पन्न, ५ सय ९७ मत खस्यो
2022/11/26, 5:59
 
ss

बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ मा मतदान सम्पन्न भएको छ। गएको आइतवार ९मङ्सिर ४ गते० मतदानका क्रममा झडप भएपछि स्थगित भएको मतदान केन्द्रमा आज शनिवार मतदान भएको हो ।

आज मतदान भएको केन्द्रमा ९ सय ९९ जना मतदाता रहेकामा ५ सय ९७ मत खसेको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए । त्रिवेणी नगरपालिकामा गएको आइतवार मतदानका क्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने कुटपिटमा परि अर्का एक जनाको ज्यान गएको थियो । यो घटनाको राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दैछ । 

यस्तै बाजुराका अरू २४ वटा मतदान केन्द्रमा पनि पुनः मतदानको माग गर्दै उजुरी परेको छ । विवादित बनेको त्रिवेणी, बूढीगङ्गा लगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको हो ।

एमालेले १६ र कांग्रेसले ८ वटा मतदान केन्द्रमा पुन मतदानको माग गर्दै उजुरी दिएका छन् । उजुरीमाथि निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय टोली बाजुरा पठाएको छ । टोलीले बुझाउने प्रतिवेदनका आधारमा आयोगले निर्णय लिने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।