सुदूरपश्चिममा १३ दिनमा थपिए १८५० जना कोरोना संक्रमित
2020/06/28, 7:08
 
korona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ह्वात्तै बढेको छ । असारको १० दिनमा मात्रै एक हजार दुई सय ८५ जना संक्रमित थपिएका भएका छन् । जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या दुई सय ६४ रहेकोमा असारको १०३ दिनमा थप एक हजार आठ ५० जनामा संक्रमण पुष्टि भएका हो । योसंगै संक्रमितको सङख्या बढेर दुई हजार एक सय १४ पुगेको  छ । असारमा थपिएका संक्रमित कुल संक्रमितमध्येको साढे ८७ प्रतिशत हो । 

संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै ९ गते एक सय १६ जना र १० गते दुई सय ७२ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी असार ११ गते ११८ जना, असार १२ मा २१९ जना र असार १३ मा २२८ जनामा कोरोना देखिएको छ । 

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या दुई हजार एक सय १४ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै डोटीमा तीन सय ४१, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, बाजुराका दुई सय २१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ ।