
बाजुरा – बाजुरामा आज बुधवार मतगणना सुरु नहुने भएको छ । आज दिउँसो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि बिहीवार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।

आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २० वटाभन्दा धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको भनेर निवेदन दिएका थिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02