सुदूरपश्चिम प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार
2022/12/04, 1:15
 
सुदूरपश्चिम प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशसभामा यो पटक नयाँ अनुहार निर्वाचित भएका छन् । कांग्रेसबाट प्रदेशसभाको प्रत्यक्षमा निर्वाचित कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह बिष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट बिक्रमसिंह धामीसहित ११ नयाँ छन् ।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका रमेश धामी कैलाली, खगराज भट्ट डडेलधुरा, शिवसिंह ओली डोटी, ओमविक्रम भाट कञ्चनपुर, भीम भण्डारी बझाङ र झपटबहादुर साउँद अछाम नयाँ हुन् । सो पार्टीका प्रदेशसभामा आठ जना निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट निर्वाचित रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच सबै नयाँ अनुहार हुन् । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने वीरबहादुर थापा कञ्चनपुर, सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी नयाँ हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका डा तारा जोशी डडेलधुरा पनि नयाँ हुन् । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।