
दार्चुला – दार्चुलाका बिभिन्न स्थानमा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दार्चुलाको लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति बंतडको भिरबाट खसेर मृत्यु भएको हो।

लाली बजारतर्फ आउदै गर्दा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए। यस्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको बताए। हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए। उनी पसलको डिलमा बसेर घाम तापिरहेका बेला भिरमा खसेर घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/03, 12:51
2020/11/13, 6:11
2021/04/15, 6:10
2022/10/06, 11:01