
धनगढीमा एक युवती मृत फेला परेकी छिन्। दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी उनी मृत अवस्थामा भेटिएकी हुन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका वडा नम्बर ६ घरभइ दिदीको घरमा बस्दै आएकी साउँद मृत भेटिएको बताए। उनकाअनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
अहिले प्रहरी टोली घटनास्थल पुगेको छ। घोडाघोडीबाट मृतकका आफन्तलाई बोलाइएको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/19, 8:34
2020/12/06, 9:56
2022/03/18, 6:33
2023/04/17, 12:27