बाजुरा अस्पतालमा आकस्मिक प्रसुतीसेवाका चिकित्सक बिदामा, एकहप्ता देखी सेवा बन्द
2022/12/16, 2:11
 
बाजुरा अस्पतालमा आकस्मिक प्रसुतीसेवाका चिकित्सक बिदामा, एकहप्ता देखी सेवा बन्द

बाजुरा - बाजुरा जिल्ला अस्पतालमा आकस्मिक प्रसुतीसेवाका चिकित्सक बिदामा गएपछि एक हप्ता देखी सेवा बन्द भएको छ। एक हप्ता देखि आकस्मिक प्रसुती सेवा बन्द हुँदा सेवा ग्राहीलाई समस्या भएको छ। आकस्मिक प्रसुती सेवा तालिम प्राप्त चिकित्सक सबै बिदामा गएपछि आकस्मिक प्रसुती सेवा एक हप्ता देखि बन्द भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

तालिम प्राप्त चिकित्सक डा. सुनिल कमार शाह, डा. बिपुल चौधरी र डा. जस्मिता बलमपाकी बिदामा गएपछि अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा बन्द भएको हो। अस्पताल बाजुरामा कार्यरत डा. दिपेन्द्र बुढाले भने काठमाडौ परिक्षाको लागि बिदामा गएपछि सेवा समस्या भएको वताए। बिहीबार मात्रै गौमुल गाउँपालिका ३ माँझपालि की २१ बर्षिय भाँग्य चदारालाई गौमुलबाट रिफर गरेर जिल्ला अस्पताल रिफर गरेको थियो। अस्पतालमा आकस्मित प्रस्तुति सेवा बन्द रहेको भन्दै अछामको मयालपाटा अस्पताल रिफर गरेको थियो।

भाग्यले अछाम बयालपाट नपुग्दै बुढीगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमै बच्चा जन्माएकी गौमुल गाउपालिकामा कार्यरत अनमी रमा रोकायाले बताईन।अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्ता यता चिकित्सक नहुदा जटिल खाले गर्भवती आमालाई रिफर गर्ने गरेको थियो । अस्पताल बाजुरामा तालिम प्राप्त चिकित्सक भएको भए भाग्यले बाटोमा बच्चा नजन्माउनु पर्ने अनमी रमाले वताईन्। बाजुरामा ३ बर्ष यता ८ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए।

अर्को सुत्केरी भएको बेला आराम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए । जिल्ला अस्पताल बाजुराका प्रमुख मिलन जोशीका अनुसार २ जनाको आज परिक्षा भएकोले केही दिनमा आउने र डाक्टर सुनिल कुमार शाह आजै काडमाण्डौबाट हिडिसक्नु भएकोले आज साझै पुग्ने बताएका छन् ।