
अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ ।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि घरमै कुटपिट गरिएको थियो ।
उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो । घटना भएको एक महिना बित्दा समेत हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिवार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।

यातायात बन्द पछि शनिवार साँझदेखि बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02