सुदूरपश्चिममा थप ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२१२ पुग्यो
2020/06/28, 3:35
 
korona

सुदुरपश्चिममा थप ९८ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा थप ९८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या २२१२ पुगेको छ । यसअघि शनिबारसम्म संक्रमितको संख्या २११४ रहेको थियो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा भएको परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। श्रेष्ठका अनुसार आज डोटीका ६९ जना र कैलालीका २९ जनामा संक्रमण देखिएको हो। आज सबैभन्दा बढि डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए। जसमा ६ महिला र ३९ पुरुष रहेका छन्।  

यस्तै आर्दश गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिह गाउँपालिका दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना रहेका छन्।

यस्तै धनगढी उपमहानगरपालिकाका पाँच महिला र पाँच पुरुष गरी १० जना, कैलारी गाउँपालिकाका चार महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार दुई सय १२ पुगेको छ।

आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै डोटीमा चार सय १०, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, बाजुराका दुई सय २१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।