सामुदायिक बहुउद्देश्यीय सहकारीको दोश्रो साधारण सभा सम्पन्न
2022/12/25, 11:34
 
ss

धनगढी–५ स्थित सामुदायिक बहु उद्देश्यीय सहकारी संस्थाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष जनकराज पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला राना प्रमुख अतिथी रहेकिथिइन् ।

उनले छोटो समयमा सहकारी संस्थाले उल्लेख्य प्रगति गरेको बताइन् । सहकारी संस्थाले समाजमा आइपर्ने समस्याको समाधान गर्नुपर्ने उनले बताइन् । सहकारीको अर्थ सहकार्य हुने भन्दै उनले शेयर सदस्यको सहकार्यमा समाजको विकास गर्नुपर्ने बइन् ।

यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष फणिराज साप्कोटाले अनुभवि नेतृत्वका कारण सहकारीले दुई बर्षमै राम्रो प्रगति गरेको बताए । कार्यक्रमका विशिष्ट अतिथी रहेका अध्यक्ष साप्कोटाले संस्थालाई माथी उकास्न ऐन नियमावली तथा विनियमका आधारमा सञ्चालन हुनुपर्ने उनले बताए ।

उनले साधारण सभामा शेयर सदस्यले आफ्नो लगानी कसरी परिचालन गरिएको छ, ऐन नियमावली अनुसार संस्था सञचालन भएको छ वा छैन, संस्थाका आगामी योजना राम्रा छन्की छैनन् भन्ने बारेमा बुझ्नु पर्ने बताए ।

कार्यक्रममा धनगढी–५ का वडा अध्यक्ष गजेन्द्र बहादुर शाही, सहकारीका सल्लाहकार तथा अधिबक्ता प्रयागदत्त भट्ट, सल्लाहकार एण्डिप्रकाश भट्ट विशिष्ट अतिथी रहेका थिए । यसैगरी धनगढी नमुना प्राबिधिक माविका प्रधानाध्यापक लक्ष्मणदत्त भट्ट, जिल्ला सहकारी संघका प्रतिनिधि किरण कुँवर लगायत अतिथी रहेका थिए ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष कुवेर शाहीले स्वागत मन्तव्य व्यक्र गरेका थिए, भने कार्यक्रम सञ्चालन सचिव लोकेन्द्र सिह भट्टले गरेका थिए ।  कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष जनकराज पाण्डेयले प्रस्तुत गरेका थिए भने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष कुन्जा भट्टले प्रस्तुत गरिन् ।

तीन सय १३ शेयर सदस्य रहेको सामुदायिक सहकारीको मंसिर मसान्त सम्म कुल शेयर पूजी ७९ लाख ५५ हजार एक सय रहेको छ । मंसिर सम्म ६२ लाख १० हजार पाँच सय ३२ निक्षेप वचत रहेको छ, भने मंसिर मसान्त सम्म संस्थाले ४० लाख ३९ हजार ऋण लगानी गरेको छ ।

विभिन्न व्यक्ति सम्मानित

सामुदायिक बहु उद्देश्यीय सहकारी संस्थाको दोश्रो बार्षिक साधारण सभाका अवसरमा संस्थालाई अघि बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने व्यक्तिलाई सम्मान गरिएको छ ।  सम्मानित हुनेमा असल बचत कर्ता तर्फ बिरेन्द्र चौधरी, सअल ऋणि तर्फ उर्मिला चौधरी, सामाजिक कार्यमा निस्वार्थ काम गर्ने लोकजङ् खड्का र कर्मचारी तर्फ प्रमोद भट्ट रहेका छन् । उनिहरुलाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी संस्थाकी कोषाध्यक्ष कुन्जा भट्टलाई सम्मान गरिएको छ ।