
कैलालीमा ९ वर्षीया नाबालिकामाथि बलात्कारको प्रयास भएको छ। टीकापुर नगरपालिका वडा नं। ५ का ३० वर्षीय प्रेम शाहीले ९ वर्षीया नाबालिकामाथि बलात्कारको प्रयास गरेको टीकापुर प्रहरी जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार पुस १५ गते राति ती नाबालिकालाई शाहीले घरबाट केराबारी पु¥याएका थिए।

नाबालिकाका आफन्तले घटनाबारे तत्काल थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा शाही फरार भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी हेम शाहीले जानकारी दिए। प्रहरीले फरार रहेका शाहीको खोजी गरिरहेको जनाएको छ।
नाबालिकाका आफन्तले शाहीविरुद्ध जबर्जस्ती करणी उद्योगमा उजुरी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 5:29
2020/12/14, 7:32
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/01, 1:17