भाका पुग्यो तर डोटीमा पुगेन कोरोना परिक्षण गर्ने पीसीआर मेसिन
2020/06/28, 7:40
 
korona

असार १० गतेभित्र पीसीआर मेसिन जिल्लामा पुग्छ, कहिलेबाट सञ्चालन ल्याउने भन्ने सम्बन्धित जिल्ला अस्पतालले तयारी गर्नुप¥यो’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीका निर्देशक डाक्टर गुणराज अवस्थीले भनेका थिए । प्रदेश सरकारले चैत १५ मा नै बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

तर लामो समयसम्म कार्यान्वयन नभएपछि निर्देशक डाक्टर अवस्थीले जेठ २४ मा असार १० को भाका राखेका थिए । असार १० कट्यो तर पीसिआर मेसिनको अत्तोपत्तो छैन । यसबारे प्रश्न गर्दा निर्देशकले अर्को भाका दिए । ‘यो महिनाभित्र डोटी र बैतडी दुवै जिल्लामा मेसिन पु¥याउँछौं ।’

सामानहरु बिदेशबाट ल्याउनुपर्ने तर अन्तराष्ट्रिय उडानहरुको समस्याले समयमै सामान नआएको उनको तर्क छ । डोटी जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर ज्योती पाण्डेयका अनुसार संरचना तयार हुनेछ । तर जनशक्ती निर्देशनालयले व्यवस्थापन गर्नु पर्ने उनले भनिन्, ‘प्रयोगशालाका लागि भाईरोलोजिष्ट चाहिन्छ ।

तर अस्पतालमा ल्याव असिस्टेण्ट मात्रै छन् ।’ स्वास्थ्य कार्यालयमा पनि एक जना ल्याब टेक्निसियन मात्र भएको भन्दै उनले जनशक्तीका लागि स्वास्थ्य निर्देशनालयसँग समन्वय गर्ने वताईन् ।