
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ को कार्यालय भवन निर्माणमा मनरी गरेको भन्दै स्थानीयले विरोध गरेका छन । वडा कार्यालय निर्माण गर्दा स्थानीयवासीको मागलाई वेवास्ता गर्दै मनोमानी ढंगबाट पायक नपर्ने स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन् ।

जनताको चाहना विपरित वसन्तामा वडा कायालय निर्माण हुन लागेका भन्दै सोमबार स्थानीयले सडकमा उत्रिएर विरोध जनाएका छन् । स्थानीयले प्रतिखेतमा नै भवन निर्माण गर्नुपर्ने वा बृहत भेला गराई निर्णय गरी अघि बढ्नुपर्ने माग वडा र नगरपालिकामा राखेको भएपनि कतैबाट सुनुवाई नभएको भन्दै विरोध गरेका छन ।
यसअघि वडाअध्यक्ष विनोद विश्वकर्माले आफु खुसी भवन निर्माण गर्न थालेको भन्दै स्थानीय डम्बर थापाले गत वर्ष जेठ १४ गते पुनरावेदन अदालत दिपायलमा मुद्धा दायर गरेका थिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 8:07
2020/10/29, 12:47
2021/02/22, 11:49
2021/09/22, 2:11