सांसद चौधरीको उच्च अदालतमा बहसः सरकारी पक्षलाईपनि झिकाउन आदेस
 
fsdgs

सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालत दिपायलमा आजको बहस सकिएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेस दिएको छ । आईतबार उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश दर्ता भएको रिटमा अरुण चौधरीको विषयमा थप बहस २९ गते बताइएको छ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेस जारी भएको छ। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। छ महिना कैद भुक्तान गरेको भन्दै चौधरीलाई प्रहरीले १९ गते पक्राउ गरेको हो । चौधरी पक्षमा कानुन व्यवसायीहरूले सुनुवाइको मौका समेत नदिए अन्याय पूर्ण फैसला भएको भन्दै उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो