सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २४३५ पुग्यो, कुन जिल्लामा कति ?
2020/06/29, 9:22

सुदूरपश्चिममा सोमवार एक सय २६ जनामा कोरोना पुष्टि भएसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या दुई हजार चार ३५ जना पुगेको छ । शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, धनगढी प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक सय २६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित साढे चौविस सय पुगेको हो ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका छ सय सात जनामा कोरोना पुष्टि भएको छ । यस्तै बाजुराका चार सय १६, डोटीमा चार सय २५, कञ्चनपुरमा तीन सय सात, डडेल्धुरामा दुई सय २८, बैतडीमा दुई सय १७, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने तीन सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54