सुदूरपश्चिममा कोरोना संक्रमित २३६६ कि २४३५ ? 
2020/06/30, 12:09
 
korona

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्यामा फरक फरक तथ्यांक हुँदा अन्यौलता भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक फरक फरक हुँदा कोरोना संक्रमितको संख्यामा फरक परेको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सुदुरपश्चिममा दुई हजार चार सय ३५ जना कोरोना संक्रमित पुगेका छन् ।

धनगढी स्थित प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान, सुर्खेतको प्रयोगशाला, चितवनको प्रयोगशाला तथा काठमाण्डौंका विभिन्न अस्पताल र प्रयोगशालामा गरी सुदुरपश्चिमका दुई हजार चार सय ३५ जनामा कोरोना पुष्टि भएको जनाएको छ । तर सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयल भने सामाजिक विकास मन्त्रालयले भने प्रदेशभरी दुई हजार तीन सय ६६ जना कोरोना संक्रमित रहेको तथ्यांक राखेको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयभन्दा प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा ६९ जना कोरोना संक्रमित कम रहेका छन् । देशका अन्य भागमा कोरोना पुष्टि भएका ६९ जनाको तथ्यांक राखेको छैन् । यसअघि केही समय कुन उमेर समुहका कति भन्ने तथ्यांक समेत मन्त्रालयले राख्न छोडेको थियो । 

प्रदेशको तथ्यांक अनुसार सुदूरपश्चिमका विभिन्न अस्पतालबाट तीन सय ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले तीन सय ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । उनका अनुसार सोमवार मात्रै २१ जना संक्रमितलाई विभिन्न अस्पतालमा डिस्चार्ज गरिएको छ । महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ८ र दार्चुलाबाट एक जना गरी २१ जनालाई डिस्चार्ज गरिएको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी डोटीका एक सय ६, कञ्चनपुरका ८५, कैलालीका ७५ र डडेल्धुराका ६९ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । अछामबाट २९, दार्चुलाबाट १३, बैतडीबाट ९, बझाङ र बाजुराबाट दुई दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।  सुदूरपश्चिममा ६ जना संक्रमितको मृत्यु भईसकेको छ । 

सुदूरपश्चिम प्रदेशका ८२ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । झण्डै दुई हजार चार सय संक्रमति रहेकोमा ८० जनाको मात्रै अस्पतालहरुमा उपचार भईरहेको हो । अधिकांश संक्रमितहरुको भने क्वारेन्टिन र घरमै रहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४१, महाकाली अस्पतालमा १५, अछाम र सेती अस्पतालमा १०, १०, डोटी र मालाखेती अस्पतालमा दुई दुई तथा दार्चुला र बझाङ अस्पतालमा एक एक जनाको उपचार भईरहेको छ ।