बाजुराको अम्कोटका बालबालिकामा दादुराको लक्षण
2023/02/23, 12:59
 
ss

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ । बुधबार वडामा रहेको धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उक्त लक्षण भएका सात बालबालिका उपचारमा आएको स्वाथ्य केन्द्रमा कार्यरत अनमी विन्दु विष्टले बताए । ती बालबालिका अम्कोट गाउँका एउटै टोलका हुन् । जाँच गर्दा सबैमा एकैखाले लक्षण देखिएको विष्टले बताए ।उनीहरुलाई ज्वरो आएको, शरीरभरि बिमिरा रहेको, खोकी लाग्ने, नाकमा सिँगान बग्नेजस्ता लक्षण देखा परेको छ ।

अम्कोट गाउँमा रहेका अन्य बाललिकामा पनि यस्तो रोग देखा परेकोे स्थानीयले बताएका छन् । एक सातादेखि बालबालिकालाई ज्वरो आउने, हातखुट्टा दुख्ने र नाकबाट पातलो सिँगान बग्ने समस्या देखा परेको हो । बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकोले नगरपालिका स्वास्थ्य शाखालाई जानकारी गराइसकेको स्वास्थ्य केन्द्रले जनाएको छ । 

बूढीगङ्गा नगरपालिका स्वास्थ्य शाखा संयोजक दीपक शाहका अनुसार बालबालिकामा दादुरा तथा रुबेला रोगको सङ्केत देखिएको खबर आएको छ भन्नुभयो । दादुरा तथा रुबेलाको नमूना लिनका लागि संयोजकसहित प्रयोगशालाका कर्मचारी लिएर अम्कोटमा जान लागेको उनले बताए । बिहीबार  स्वास्थ्यकर्मीको टोली पठाएर जाँचका लागि धनगढी प्रयोगशालमा नमूना पठाउने शाहको भनाइ  छ । 

उनका अनुसार अहिले नै दादुरा तथा रुबेला भन्न नसकिने भएकाले जाँचका लागि नमूनाको रिपोर्ट धनगढी प्रयोगशालाबाट आएपछि मात्र कुन रोग हो भन्ने थाहा हुने शाहले बताए ।   उक्त रोग थप सर्न नदिनका लागि समुदायस्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले बताए ।   दादुरा स्वासप्रस्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग हो । दादुरा भएका व्यक्तिले दादुराका लक्षण ९ज्वरो, डाबर० देखिनु दुई दिन अघि र पाँच दिनपछि पनि अरुलाई रोग सार्न सक्छन् ।

दादुराको खोप नलगाएका व्यक्ति, रोग प्रतिरोधात्मक शक्ति काम भएका ९अबुर्द, एड्सका बिरामी र लामो समय स्टेरोइड सेवन गरेका बिरामी०, नौ महिनाभन्दा कमका शिशु जसमा आमाको गर्भबाट प्राप्त रोग प्रतिरोधात्मक शक्ति कम छ तथा गर्भवती दादुरा रोगको बढी जोखिममा हुन्छन् ।  नेपाल सरकारबाट निःशुल्क प्रदान हुने दादुराको खोप नौ महिना र १५ महिना उमेरका बालबालिकालाई दुई डोज लगाए यसबाट हुनसक्ने जोखिम निर्मुल पार्न सकिन्छ । यसको खोपले जीवनभरि रोग प्रतिरोधात्मक शक्ति दिने स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।