
डडेलधुराको परशुराम नगरपालिकालले दीर्घरोगीको निःशुल्क स्थास्थ्य बीमा सुरु गरेको छ। परशुराम नगरपालिका मेयर भरत जोशीले आइतबार एक कार्यक्रमकाबीच दीर्घरोगीको निशुल्क स्वास्थ्य बीमा सुरु गरेका हुन्।

नगरपालिकाको १२ वटा वडामा स्वास्थ्य बीमा सुरु गरिएको मेयर जोशीले बताए। उनका अनुसार नगरपालिकामा ४५८ जना दीर्घरोगी छन्।
नगरपालिकाले दीर्घ रोगीको निशुल्क स्वास्थ्य बीमा आफ्नो नीति कार्यक्रममा पनि समेटेको थियो। यसका लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ। स्वास्थ्य बीमाको प्रतिव्यक्ति वार्षिक ३५ सय नगरपालिकाले तिरिदिने छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39