दैनिक ४ सय बढी कोरोना संक्रमित थपिएपनि स्वास्थ्यमन्त्री भन्छन: ‘संक्रमण नियन्त्रयणकै स्थितिमा छ’
2020/06/30, 6:46

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गरेका छन् । मंगलबार नेपाल रेडक्रस सोसाइटीले प्रदान गरेको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएको व्यक्ति रहेको भन्दै कोरोना संक्रमण नियन्त्रयणकै स्थितिमा रहेको दाबी गरेका हुन्।

मन्त्री ढकालले ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको समेत बताए । उनले असार १५ गतेबाटै १० हजार जनाको पिसिआर परीक्षण गर्ने भनेपछि मेशिन जडान भएको र परिक्षण भइरहेकाले केहि दिनमा नै दैनिक १० हजार जनाको पिसिआर विधिबाट परीक्षण हुने बताए ।
रेडक्रशले १ करोड ५७ लाख बराबरको मास्क, सेनिटाइजर लगाएत कोरोना नियन्त्रणका लागि प्रयोग हुने सामाग्री दुई चरणमा मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/11, 1:06
2022/05/20, 5:30
2020/07/15, 6:56
2023/01/27, 12:43