
दार्चुला - दार्चुलामा साइकल भीरबाट खस्दा दुई जना विद्यार्थी घाइते भएका छन्। महाकाली नगरपालिका– ९ स्थित सकारको भीरमा शनिवार साइकल खस्दा सवार दुई जना विद्यार्थी घाइते भएका हुन्। घाइते हुनेमा नौगाड गाउँपालिका–६ का १८ वर्षीय बिरेन्द्र ठगुन्ना र महाकाली नगरपालिका–६ का १७ वर्षीय भाष्कर भाट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बिरेन्द्र ठगुन्नालाई जिल्ला अस्पताल दार्चुलामा उपचारपछि घर पठाइएको छ भने भाष्कर भाटलाई गम्भीर चोट लागेकाले थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ। दुबै जना एकै साइकलमा सवार रहेको र साइकल सडकबाट अन्दाजी ४० मिटर तल महाकाली नदीमा खसेको प्रहरीले जनाएको छ। उनी मालिकार्जुन नमूना माध्यामिक विद्यालय धापमा अध्ययनरत विद्यार्थी रहेका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39