
डडेल्धुरा - डडेल्धुरामा परेको असिना पानीले हिउँदे बालीमा क्षति पुर्याएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ मा आइतबार दिउँसोदेखि परेको असिना पानीले गाउँमा लगाइएको हिउँदे बाली सखाप पारेको हो ।

गहुँ, तरकारी र फलफूल खेती असिनाले नष्ट गरेपछि स्थानीय चिन्तित भएका छन् । झरीसँगै लगातारको असिनापानीले कृषकहरूको पाक्नै लागेको बालीमा क्षति भएको स्थानीय पारश पन्तले बताए । आइतबारको असिना पानीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू डोटी, अछाम र बाजुरालगायतका धेरै स्थानमा ठूलो क्षति भए पनि विवरण भने आइसकेको छैन ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39