
बैतडीको पञ्चेश्वरमा जीप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ । देहीमाण्डौं –गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका वडा ५ तिलकपुर भीटा भन्ने स्थानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जी दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
१२ जना सवार रहेको जीप सडकबाट झण्डै ७० मिटर तल खसेको बताइएको छ । अन्य ११ जना घाइते रहेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00