दार्चुलामा एमाले उपाध्यक्ष र कांग्रेसका पूर्वसचिव बिच कुटाकुट
2023/04/06, 6:40
 
ss

दार्चुलामा नेकपा एमाले र नेपाली काँगे्रसका कार्यक्रता बिच कुट्पिट भएको छ। नेकपा एमालेका जिल्ला उपाध्यक्ष र नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बीच विवाद हुँदा कुटाकुट भएको हो। बुधबार राति तिर जिल्लाको महाकाली नगरपालिका ४ सुपथ मूल्य पसल अगाडि उनीहरूबीच कुटाकुट भएको हो। एमालेका जिल्ला उपाध्यक्ष चरनसिंह बुढाथोकी र कांग्रेसका पूर्व जिल्ला सचिव हर्क विष्टबीच कुटाकुट भएको हो।

कुटपिटका क्रममा बुढाथोकीले विष्टमाथि ढुङ्गा प्रहार गरेको र उनको हात र खुट्टामा चोट लागेको बताइएको छ। बिना कारण आफूमाथि आक्रमण गरेको र आफू घाइते भएको विष्टले बताए। विष्टले विहीबार प्रहरीमा बुढाथोकीविरुद्ध ठाडो उजुरी दिएका छन्। बुढाथोकीले भने राति मदिरा सेवन गरेर अराजक गतिविधि गरिरहेको र होहल्ला गरेकोले सम्झाइ बुझाइ मात्र गरेको दाबी गरे। उनले ढुङ्गा प्रहार नगरेको भन्दै आफूमाथि हात हालेपछि सम्झाएर घर पठाएको बताए।

बुढाथोकि विरुद्घ ठाडो निवेदन परेको छ तर  बुढाथोकि पक्ष चौकिमा उपस्थित नभएकोले घटनाको यर्थात दुबै पक्षसँग बसेपछि थाहा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।