चालु आर्थिक वर्ष २०७६÷७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको छ ।
गत आवमा प्रदेश नम्बर २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै सार्वजनिक भएको थियो ।
केन्द्रिय तथ्यांक विभागको आकडा अनुसार चालु आर्थिक वर्ष २०७६÷७७ को कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशले गर्ने देखिएको छ । यस प्रदेशले जीडीपीमा ३५.८४ प्रतिशतको योगदान गर्नेछ । सबैभन्दा कम योगदान भने कर्णाली प्रदेशले गर्छ । सुदूरपश्चिम प्रदेशबाट ७.२१ प्रतिशतको योगदान हुने रहेको छ ।
कुन प्रदेशको आर्थिक वृद्धिदर कति ?