१० वर्षमा बल्ल बन्यो मोटरेबल पुल
2023/04/16, 3:10
 
ss

दार्चुलामा एउटा मोटरेबल पुल निर्माण सम्पन्न हुन १० वर्ष लागेको छ। देथला–खार–खलंगा सडकअन्तर्गत पर्ने नौगाड गाउँपालिका– ६ धुलीगडा खोलामा १० वर्षमा बल्ल मोटरेबल पुल निर्माण सम्पन्न भएको हो।

महाकाली लोकमार्गको वैकल्पिक सडकको रुपमा निर्माण भएको खार–खलंगा–गोकुलेश्वर सडक खण्डमा मोटरेव पुल निर्माण समयमै निर्माण नहुँदा हरेक बर्खामा यातायात चल्न सकेका थिएनन्। अहिले पुल निर्माण सम्पन्न भएपछि सहजरुपमा आवतजावत सुरु भएको नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामीले जानकारी दिए।

पुलको लोड टेस्ट गरिएको छ। यो पुल सुचारु भएसँगै बस, ट्रक जस्ता हेभी इक्युपमेन्ट बोक्ने सवारीसमेत चल्ने छन्।  स्थानीय पूर्वाधार विकास तथा कृषि विभाग ९डोलिडार० कार्यान्वयन इकाई पूर्वाधार विकास कार्यालयमार्फत पुल निर्माण गरिएको हो। २०७१ असार २२ गते थोदुङ जशलिङ्ग जेभीसँग पुल निर्माणको ठेक्का सम्झौता भएको थियो।

तीन करोड ५० लाख ७८ हजार ४२५ रुपैँया लागतमा ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय बैतडीका कार्यालय प्रमुख जंगबहादुर थापाले बताए। पुलको लम्बाई ४५ मिटर रहेको छ। यो क्षेत्रमा अहिले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक मन्त्रालयबाट देथला–खार–खलंगा सडक खण्ड समेत चौडा तथा कालोपत्रे गर्ने कार्य भइरहेको छ।