साँफे–मार्तडी सडकखण्ड स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण
2023/04/20, 12:08
 
ss

प्रतिनिधि सभा सदस्य एवं कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वको टोलीले साँफे–मार्तडी सडक खण्डका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको छ।  सांसद पाण्डे, नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावल लगायतको टोलीले साँफे–मार्तडी सडक अन्तर्गत बल्दे–ओमकोट–द्वारी सडक खण्डको वैकल्पिक सडकलाई यही आर्थिक वर्षमा काम सम्पन्न हुने गरी अगाडि बढाउनका अर्थमन्त्री डा प्रकाश शरण महत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षण गराएका हुन्।

वर्षायामको समयमा पहिरोको कारण वर्सेनि सडक अवरुद्ध हुने गरेको उल्लेख गर्दै बाजुरा सदरमुकाम मार्तडीदेखि जिल्लाको माथिल्लो भेगलाई जोड्ने उक्त सडक अवरुद्ध हुँदा बाजुरामा मात्र नभएर छिमेकी जिल्ला मुगु र हुम्लाका स्थानीयवासीहरुलाईसमेत आवतजावत गर्न कठिनाई हुने गरेको भन्दै त्यसको समस्या समाधानका लागि ध्यानाकर्षण पत्र बुझाएका हुन्।

उक्त सड़क खण्डको विकल्पका रुपमा सडक डिभिजन साँफे अछामले वैकल्पिक सडकको ट्रयाक ओपन गरेको हुँदा उक्त नयाँ सडक खण्डलाई दिगो रुपमा सञ्चालन गर्न सडक स्तरोन्नतिका लागि सडक डिभिजन साँफे अछामले तयार गरेको लागत इस्टिमेट बमोजिमको बजेट चालू आवमै व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन्।