
दार्चुला - दार्चुलामा सोमवार साँझ चट्याङलाग्दा एक बालकको मृत्यु भएको छ। भने दुइ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सोमवार साँझ साढे ६ बजेतिर खेतमा काम गरिरहेका बेला

दार्चुलाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन्। मीना र नरेश आमा छोरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ्ग लागेको थियो ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 3:28
2021/02/13, 8:26
2021/09/15, 11:30
2023/03/13, 6:10
2020/08/31, 7:58