सुदुरपश्चिमका स्थानबाट अन्य प्रदेश जान सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ?
2023/05/17, 12:27
 
सुदुरपश्चिमका स्थानबाट अन्य प्रदेश जान सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ?

धनगढी - अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ। इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ।

विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो।सुदुरपश्चिमका बिभिन्न स्थानबाट अन्य प्रदेशका बिभिन्न स्थानसम्म जानका लागी भाडादर समायोजन भएको छ। जसअनुसार काठमाण्डौँ-अत्तरिया-डडेल्धुरा २ हजार ३ सय १२ साविकको भाडादर रहेकोमा २ हजार२ सय ३८ कायम भएको छ।

यस्तै काठमाण्डौँ अत्तरिया डडेल्धुरा हूँदै बैतडीसम्म २ हजार ६ सय ४९ साविकको भाडादर रहेकोमा २ हजार ५ सय ६४ कायम गरिएको छ। यस्तै गुलरिया भुरिगाउँ हूँदै धनगढी सम्म ४ सय ५६ साविकको भाडादर रहेकोमा हाल ४४१ कायम गरिएको छ। यस्तै धनगढी देखी जनकपुरसम्म ७ सय ६३ किलोमिटरमा २११५ साविकको भाडादर रहेकोमा हाल २०४७ कायम गरिएको छ।धनगढी देखी नेपालगञ्ज १ सय १९ किलोमिटरमा साविकको भाडादर ५८८ रहेकोमा हाल ५६९ कायम गरिएको छ ।

धनगढी देखी बिराटनगरसम्म ८२६ किलोमिटरमा साविकको भाडादर २२९२ रहेकोमा हाल २२१९ कायम गरिएको छ । यस्तै धनगढी स्याङ्जा हुँदै पोखरासम्म ५ सस ८६ किलोमिटर रहेकोमा साविकको भाडादर १७८० रहेकोमा हाल १७२३ कायम गरिएको बताइएको छ । बिरगञ्ज धनगढी सम्म ६६६ किलोमिटरमा साविकको भाडादर १८४९ रहेकोमा हाल १७९० कायम, भैरहवा देखी धनगढीसम्म ३३४ किमीमा ९२६ साविकको भाडादर रहेकोमा हाल ८९६ कायम गरिएको छ । सुर्खेत देखी धनगढी २५६ दशमलव ४७ किमी रहेकोमा साविकको भाडादर ७९९ र हालको ७७३ भाडादर तोकिएको छ ।

कहाँ कति भाडा ? सूची