
धनगढी - नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मानबहादुर धामी नियुक्त भएका छन्।माओवादी संसदीय दलका नेता खगराज भट्टले धामीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

सुदूरपश्चिमका पूर्व वनमन्त्री समेत रहेका उनी दार्चुलाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।धामीलाई माओवादीले प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को १ बमोजिम माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक पदमा सोही विधानको दफा १२ अनुसार काम, कर्तव्य र अधिकार प्रयोग गर्ने गरी नियुक्त गरेको दलका नेता भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 9:03
2021/04/02, 1:00
2021/10/21, 5:22
2022/09/22, 6:31