
बाजुराको बिछिया केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

बिछिया केन्द्रबिन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो । यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40